लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइनलमा

सुनसरी । लुम्बिनी प्रदेशमाथि १६ रनको रोमाञ्चक जित निकाल्दै मधेस प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिेकट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
इटहरीको जनता पार्कमा सम्पन्न बुधवारको पहिलो खेलबाट सुखद् नतिजा निकाल्दै मधेस प्रदेशले अन्तिम चारमा स्थान बनाएसँगै इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।
यसअघि समूह ए बाट सुदूरपश्चिम समूह विजेता र एपिएफ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए । यस्तै समूह बी बाट प्रदेश १ सबै खेलमा जित निकाल्दै नकआउट चरणमा पुगेको थियो ।
बुधवार अन्तिम चारमा स्थान बनाउने क्रममा मधेसले प्रश्तुत गरेको १ सय ८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र ९१ रन जोड्नसक्यो ।
लुम्बिनीका लागि रञ्जु श्रेष्ठ र मधु डिसीले अविजित समान २१ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन । यसअघि ओपनर लक्ष्मी चौधरीले १२ रन जोड्दै मध्यम शुरुवात गर्दा आस्मा पुलामी मगर र कप्तान सरस्वती जिएमले समान ११ रनको पारी खेलेका थिए । यस बाहेक सरस्वती पुनले १० रन जोड्दा सुस्मिता बजगाई शुन्यमा पवेलियन फर्किन् ।
लुम्बिनीको इनिङलाई रोक्ने क्रममा मधेसकी भूमी सिंहले दुई तथा कप्तान कविता गौतमले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले पूरै २० ओभरमा पाँच विकेटकौ क्षतिमा १ सय ७ रन बनाएको थियो । मधेसका लागि साना प्रविनले ६४ बलमा पाँच चौका मद्दतमा सर्वाधिक ४६ तथा रोजी कडारीले १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । लुम्बिनीका लागि मनिषा राना, सरस्वती पुन र बिवास्ना जिसीले समान एक विकेट लिए ।
प्रतियोगितामा शुक्रवार सेमिफाइनल खेल हुनेछन् । दिनको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा दोस्रो सेमिफाइनल खेल एपिएफ र प्रदेश १ बीच हुनेछ ।
















बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया