दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्षमा कार्की
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्यसमिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित भएका छन ।
प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित भएका हुन । ३५ सदस्यीय प्रदेश कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तुलसी शाही, प्रथम उपाध्यक्षमा खगेन्द्र गौतम, द्वितीय उपाध्यक्षमा धनबहादुर घर्ती, महिला उपाध्यक्षमा सृजना परियार निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिवमा भानु रिजाल, कोषाध्यक्षमा केशरबहादुर थापा र सहसचिवमा याम थापा र नवराज भण्डारी निर्वाचित भएको अध्यक्ष कार्कीले जानकारी दिए ।
उनका अनुसार समितिका सदस्यहरूमा कुलबहादुर वली, रङ्गबिरही कार्की, निर्मला गाहामगर, रुद्रबहादुर गाहामगर, नन्दकृष्ण न्यौपाने, तीर्थराज पुरी, मोहन बुढा, सुरेन्द्र आचार्य र चन्द्रबहादुर बडुवाल रहेका छन ।
कर्णालीको कला, संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा मौलिकपन बचाउने गरी प्रतिष्ठानले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताए ।
दोस्रो अधिवेशनमा कर्णाली प्रदेशको डोल्पाबाहेक नौ जिल्लाका अध्यक्ष तथा प्रदेश प्रतिनिधिको सहभागिता थियो ।
















वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया