दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्षमा कार्की
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्यसमिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित भएका छन ।
प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित भएका हुन । ३५ सदस्यीय प्रदेश कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तुलसी शाही, प्रथम उपाध्यक्षमा खगेन्द्र गौतम, द्वितीय उपाध्यक्षमा धनबहादुर घर्ती, महिला उपाध्यक्षमा सृजना परियार निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिवमा भानु रिजाल, कोषाध्यक्षमा केशरबहादुर थापा र सहसचिवमा याम थापा र नवराज भण्डारी निर्वाचित भएको अध्यक्ष कार्कीले जानकारी दिए ।
उनका अनुसार समितिका सदस्यहरूमा कुलबहादुर वली, रङ्गबिरही कार्की, निर्मला गाहामगर, रुद्रबहादुर गाहामगर, नन्दकृष्ण न्यौपाने, तीर्थराज पुरी, मोहन बुढा, सुरेन्द्र आचार्य र चन्द्रबहादुर बडुवाल रहेका छन ।
कर्णालीको कला, संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा मौलिकपन बचाउने गरी प्रतिष्ठानले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताए ।
दोस्रो अधिवेशनमा कर्णाली प्रदेशको डोल्पाबाहेक नौ जिल्लाका अध्यक्ष तथा प्रदेश प्रतिनिधिको सहभागिता थियो ।










माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
प्रतिक्रिया