सोमबार, माघ १९, २०८२

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री गिरि पुगे सुमेरु अस्पताल

मेरोन्यूज २०७९ माघ ६ गते १२:५८

काठमाडौं। स्वास्थ्य मन्त्री पदम गिरिले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

स्वास्थ्य मन्त्री गिरिले अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् । 

जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए । 
 

प्रतिक्रिया