चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा प्रवेश गर्दै

चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । साथै उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता बुझ्नुपर्नेमा जोड दिएको छ ।
वासिङ्टनस्थित चिनियाँ राजदूतावासका कार्यबाहक राजदूत सु सुयुवानले चिनियाँ नयाँ वर्षका अवसरमा चीन उद्योग वाणिज्य सङ्घले आज आज त्यहाँ आयोजना गरेको कार्यक्रममा चीन–अमेरिका बीचको व्यापारिक सम्बन्ध बुझ्न सही समझ र चीनको विकासको दृष्टिकोणबारे जान्न जरुरी भएको बताएका छन् ।
दुर्ई देशको व्यापारिक सम्बन्ध पारस्परिक रूपमा लाभदायक छ भन्दै उनले आपसी समस्या समाधानका निम्ति परस्पर सम्मान र लचिलोपन आवश्यक भएको बताए ।
अन्तर्राष्ट्रिय आर्थिक एवम् व्यापारसम्बन्धी नियमहरूको परिपालनामा उनले जोड दिए । पारस्परिक सहयोगबाट दुवै देश लाभान्वित हुने तथा टकराव र द्वन्द्वबाट पराजयबाहेक केही हात नलाग्ने यथार्थ चिनियाँ कूटनीतिज्ञले प्रस्तुत गरे।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया