अमिताभ बच्चनले भेटे रोनाल्डो र मेस्सीलाई, भेटमा के भयाे कुराकानी ?

बलिउडका महानायक अमिताभ बच्चन शुक्रबार (१९ जनवरी) साउदी अरेबियाको राजधानी रियादको किन्ड फहद इन्टरनेशनल स्टेडियममा पुगेका थिए। त्यहाँ पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियाद इलेवेन बीचको खेल थियो । यस खेलको उद्घाटनमा बच्चन विशेष अतिथिको रूपमा बालाइएका थिए ।
अमिताभले सो कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘रियादमा एक साँझ। वाह ! क्या साँझ थियो । क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, एमबाप्पे, सर्जियो रामोस र नेयमार सबै सँगै खेलिरहेकाे खेलमा मलाई अतिथिको रूपमा खेलको उद्घाटन गर्न आमन्त्रित गरिएको थियो। पिएसजी भर्शेज रियादकाे माैसम…..। यो अविश्वसनीय थियो।’
अमिताभले सेयर गरेको भिडियोमा उनी पहिले म्याचका अधिकारीसँग स्टेडियममा हिँडिरहेको देखिन्छन् । त्यसपछि उनले एक-एक गर्दै स्टार खेलाडीसँग भेटघाट गरिरहेका छन् । पहिले उनीहरुले मेस्सीको टिमलाई भेट्छन् । त्यसपछि उनले रियाद सिजन इलेवेनका खेलाडीहरूसँग हात मिलाउँछन्, जसमा रोनाल्डो पनि थिए।
यो भिडियो हेरेपछि फ्यानहरुले उनलाई ‘लक्की म्यान’ भनेर सम्बोधन गरिरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्,’भाग्यमानी हुनुहुन्छ तपाइ।’ अर्काले लेखे, ‘मलाइ तपाइदेखि जलन भइरहेकाे छ।’ कतिपयले उनलाई सोधिरहेका छन् कि उनले मेस्सीसँग के भने ‘?
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया