शाहरुख खानका फ्यान जसले गरे ‘पठान’ हेर्न पूरा थिएटर बुक

बलिउडका किंग खान अर्थात् शाहरुख खान यतिबेला आफ्नो आगामी फिल्म पठानलाई लिएर चर्चामा छन् । उनले यो फिल्मको प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् ।
पठान मार्फत शाहरुख खान चार वर्षको अन्तरालपछि ठूलो पर्दामा फर्कदैछन् जसका कारण पनि यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित भएका छन् । यति मात्र होइन, पठानको अग्रिम बुकिङ जनवरी २० बाट सुरु हुने थिय, तर हिजोदेखि नै सुरु गरिएकाे छ । फ्यानहरूले आफ्ना मनपर्ने हिरोलाई लिएर निकै क्रेज देखिइरहेका छन् ।
एक फ्यानले शाहरुख खानको फिल्म हेर्न पूरा थिएटर बुक गरिसकेका छन् । शाहरुख खानका यि फ्यान मुम्बईमा बस्छन् र उनले मुम्बईको गेटी ग्यालेक्सी थिएटर बिहान ९ बजेका लागि बुक गरेका छन् । यस थिएटरको विशेष कुरा यो हो कि फिल्म जुनसुकै होस्, तर यहाँ पहिलो शो १२ बजे सुरु हुन्छ, तर यस पटक थिएटरले शाहरुख खानको फिल्मको लागि आफ्नो यस नियममा परिवर्तन गरेको छ ।
पहिलो शो कति बजे हुने भन्नेबारेमा अहिलेसम्म ठोस जानकारी नदिइए पनि फ्यानले शुक्रबार १२ बजेअघि नै शो सुरु गर्न माग गरेको फिल्मका कार्यकारी निर्देशक मनोज देसाई बताउँछन् । उनका अनुसार फ्यान क्लबले पहिलो शोका लागि थिएटर बुक गरिसकेका छन् ।
पठान जनवरी २५ मा रिलिज हुँदैछ ।
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया