सोमालियामा अल–शबाबको आक्रमणमा सात सैनिकसहित सयभन्दा बढीको मृत्यु
मेरोन्यूज
२०७९ माघ ६ गते २१:३०
काठमाडौँ । सोमालियाको गाल्काड शहरमा रहेको एक सैन्य शिविरमा शुक्रबार भएको अल–शबाब आक्रमणमा परी सात सैनिकको मृत्यु भएको छ ।
सोमालियाको राजधानी मोगादिशुबाट करिब ३७५ किलोमिटर उत्तरमा रहेको गाल्काड शहरमा इस्लामिक लडाकूसमूहले आक्रमण गर्दा मृत्यु हुनेमा एक वरिष्ठ विशेष बलका कमाण्डर रहेको सोमालियाको सूचना मन्त्रालयले जनाएको छ ।
उक्त आक्रमणका क्रममा अलकायदा सम्बद्ध समूहका सयभन्दा बढी लडाकू मारिएका सेनाले दावी गरेको छ तर यस दावीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
त्यहाँ ठूलो लडाइँ भएको र (जिहादीहरू) पराजित भएका मन्त्रालयले जानकारी दिएको छ ।
अल–शबाबले उक्त आक्रमणमा आफ्नो हात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको दाबी गरेको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया