सोमबार, चैत ९, २०८२

प्रभु बैंकको नाफा एक अर्ब ११ करोडभन्दा बढी, खराब कर्जा बढ्यो

मेरोन्यूज २०७९ माघ ७ गते ७:५५

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक २०७९/८० को दोस्रो त्रैमाससम्म एक अर्ब ११ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ महिनाको अवधिमा बैंकले उक्त नाफा आर्जन गरको हो ।

Advertisement
nepal life insurencenepal life insurence

तर, बैंकको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासम्मको तुलनामा घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले एक अर्ब २२ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा बैंककोे नाफा साढे आठ प्रतिशतले घटेको हो ।

बैंकको ऋण प्रवाह दोस्रो त्रैमाससम्म दुई खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ भएको छ । गत वर्षको पुस मसान्तसम्म यस्तो ऋण प्रवाह एक खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ भएको थियो । एक वर्षको अन्तरालमा ऋण प्रवाह एक खर्ब रुपैयाँले बढेको छ ।

बैंकले ६ महिनाको अवधिमा दुई खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

६ महिनाको अवधिमा कम्पनीको चुक्तापुँजी २३ अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ भने जगेडा कोषमा ९ अर्ब आठ कारोड रुपैयाँँ कायम भएको छ ।

बैंकले ६ महिनाको अवधिमा एक अर्ब ६३ करकोड ४१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । बैंकको खराब कर्जा भने वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्म १.२३ प्रतिशत भएको बैंकको खराब कर्जा चालु आर्थिक वर्षको पुस मसान्तसम्म १.९८ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया