सोमबार, चैत ९, २०८२

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा आकर्षक वृद्वि, कुन सूचक कस्तो ?

मेरोन्यूज २०७९ माघ ७ गते १३:३५

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले कुल १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अनुसार नाफा ६१.३६ प्रतिशतले बढेको हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा वृद्धि हुन पुगेको हो । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ७२.३० प्रतिशतले वृद्धि भएको छ । यो सँगै बैंकको कुल सञ्चालन आम्दानी पनि ५२ प्रतिशले बढेको छ भने सञ्चालन मुनाफामा ६१.९१ प्रतिशत वृद्धि भएको छ ।

बैंकको दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९५ रुपैयाँ ७३ पैसा रहेको छ ।

प्रतिक्रिया