राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्यक्रमको आयोजना गरिएको छ ।
बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयहरूमा एकसाथ आयोजना भएको प्रभातफेरी कार्यक्रममा करिब एक हजारभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाेल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।
उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अङ्कित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा ब्यानर सहित सुरु गरिएको उक्त प्रभातफेरीको र्याली बैंकको केन्द्रीय कार्यालयबाट सुरु भई भद्रकाली, शहिदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्यकन्या कलेज, पुतलीसडक, पद्योदय मोड, राष्ट्रिय सभा गृह र पुनः भद्रकाली हुदैं केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो ।
बैंकका प्रादेशिक कार्यालयहरू भएको सहर विराटनगर, वीरगंज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी, शाखा कार्यालय भरतपुर, बुटवल र जनकपुरमा एकै पटक सोही प्रकारको प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
यही माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औँ वर्षमा प्रवेश गर्दै छ ।
















नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया