बिहीबार, चैत १२, २०८२

टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा क्रिकेटर अन्सारी र आलम पक्राउ

मेरोन्यूज २०७९ माघ ९ गते १३:१२

काठमाडौँ । नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा क्रिकेटरद्वय आदिल अन्सारी र मेहबुब आलम पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

अन्सारी टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। आलम भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन् ।

आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्‍यू गरेका थिए। मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन्। पछिल्लो समय राष्ट्रिय टिममा रहेका ४१ वर्षीय मेहबुबको नाममा एकै खेलमा दश विकेट लिने कीर्तिमान छ।

१९ वर्षीय आदिलले अमेरिकाविरुद्धको खेलमा डेब्यू गर्दा ११ बलमा ३१ रन हानेर सनसनी मच्चाएका थिए।

गत महिना भएको टी–२० लिग सुरुदेखि नै विवादमा परेको थियो।

प्रतिक्रिया