सोमबार, चैत ९, २०८२

होण्डाको ९९ घण्टा र एक रुपैयाँको अफर सुरु

मेरोन्यूज २०७९ माघ ९ गते १६:००

काठमाडौँ । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले आफ्नो बाइकहरू होण्डा साइन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजना ल्याएको छ ।,

Advertisement
nepal life insurencenepal life insurence

योजनाअनुसार ग्राहकले अर्डर गरेको होण्डा साइनको कुनै पनि पार्टस् ९९ घण्टाभित्र पाउने छन् । यदि, उक्त समयभित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने छन् ।

यो छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ । होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरूले एक रुपैयाँमा तीन वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्‌को लाभ लिन सक्ने छन् ।

ग्राहक वर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्ने छन् ।

प्रतिक्रिया