नेपालको वैदेशिक व्यापारः ६ महिनामा व्यापार घाटा ७ खर्बभन्दा बढी

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको साउनदेखि पुससम्मकाे ६ महिनाको अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।
भन्सार विभागअनुसार गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । जस अनुसार गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा २०.६८ प्रतिशतले कम हो । नेपालले आयात गरेको वस्तुबाट १ खर्ब ८२ अर्ब ८४ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागअनुसार निर्यात पनि ३२.०१ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनाको अवधिमा नेपालले १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । तर, यो वर्षको सोही अवधिमा नेपालले ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले ७ खर्ब बढी रकमको व्यापारघाटा व्यहोरेको छ । विभागको वित्तीय रिपोर्टअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा नेपालले ७ खर्ब ११ अर्ब ५ करोड ८ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।
नेपालले गत वर्षको सोही अवधिमा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँकाले व्यापारघाटा व्यहोरेको थियो । जसमा गत वर्षको तुलनामा याे ६ महिनाको अवधिमा नेपालले १९.१५ प्रतिशतले कम व्यापारघाटा व्यहोरेको छ ।
नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
















भुटानमाथि नेपालको २–१ को जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
प्रतिक्रिया