दादुराको प्रकोपबिरुद्ध खोपका लागि राष्ट्रसङ्घको सहयोग

संयुक्त राष्ट्रसङ्घले दक्षिण अफ्रिकामा दादुराका विरुद्धमा आम बालबालिकालाई खोप लगाउनका लागि सहयोग गरिरहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले सो कुराको जानकारी दिएका हुन् ।
दक्षिण अफ्रिकामा पछिल्लो समयमा दादुराको प्रकोप बढेपछि त्यसबाट बचाउन यहाँको सरकारले सबैलाई खोप लगाउने अभियानको सुरुआत गरेको थियो । त्यसका लागि संयुक्त राष्ट्रसङ्घको एक विशेष समूहले दक्षिण अफ्रिकामा नै रहेर सहयोग गरिरहेको जानकारी दिइएको समाचारमा जनाइएको छ । दक्षिण अफ्रिकाका नौ प्रान्तमध्ये पाँच ओटा प्रान्तमा नै यसको प्रकोप बढेको थियो ।
त्यसको नियन्त्रणका लागि खोप दिन थालिएको र त्यसमा संयुक्त राष्ट्रसङ्घको सहयोग रहेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन् ।
उनले भनेका छन्– हाम्रो समूहले ती स्थानमा रहेर काम गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरुको समूह पनि रहेको र उनीहरुलाई आवश्यक प्राविधि लगायतको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय टिमले सघाएको उनले जानकारी दिए । यहाँ गत हप्तामात्र तीन सय ९७ जनामा यो दादुराको सङ्क्रमण देखिएको थियो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया