आथिया-राहुललाई विहेमा करोडौंको उपहार, क-कसले के दिए ?

अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुलले भर्खरै विवाह गरेका छन् । मिडिया रिपोर्टका अनुसार विवाहपछि याे नवविवाहित जोडीले साथीभाइ र आफन्तबाट निकै महँगो उपहार पाएका छन् । रिपोर्टका अनुसार सुनील शेट्टीले आफ्नी छोरी र ज्वाइँलाई मुम्बईमा ५० करोडको आलिशान अपार्टमेन्ट उपहार दिएका छन् ।
सुनील शेट्टीका नजिकका साथी सलमान खानले अथियालाई १.६४ करोडको अडी कार उपहार दिएका छन् । ज्याकी श्राफ र अर्जुन कपुरले पनि आथिया र राहुललाई महँगो उपहार दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार आथियाका विशेष साथी तथा अभिनेता अर्जुन कपूरले उनलाई १.५ करोडको हीराको ब्रेसलेट दिएका छन् भने ज्याकी श्राफले आथियालाई ३० लाखको लग्जरी घडी उपहार दिएका छन् ।
राहुलका नजिकका साथी विराट कोहलीले उनलाई २.१७ करोडको बीएमडब्ल्यू कार उपहार दिएका छन् । योसँगै भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीले पनि राहुललाई ८० लाख रुपैयाँको कावासाकी निन्जा बाइक उपहार दिएका छन् ।
अथिया र राहुलको विवाह २३ जनवरीमा सुनील शेट्टीको खण्डाला फार्महाउसमा भएको थियो । यो विवाह निकै गोप्य राखिएको थियो । विवाहमा १०० जनालाई मात्र निम्तो दिइएको थियो ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया