शुक्रबार, माघ १६, २०८२

कस्तुरीमृगको विनासहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा

मेरोन्यूज २०७९ माघ १४ गते ७:०६

काठमाडौं । कस्तुरीमृगको विनासहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ३ गौरीवास बस्ने ४४ वर्षिय यादवराज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट करीव ५ लाख ७८ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका चाँदीको गरगहना समेत बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई चीनतर्फ लैजाने योजनाकासाथ ल्याईएको उक्त कस्तुरीमृगको विना सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ४ बाहुनडाँगी सडकखण्डबाट उनलाई नियन्त्रणमा लिईएको हो ।


मे ५ प २२०४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका घिमिरेलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगीबाट सशस्त्र प्रहरी निरीक्षक विदुर भट्टराईको टोलीले जाँच गर्दा उनको साथमा उक्त कस्तुरीमृगको विना फेला पारेको हो ।

साथै बरामद पश्चात उक्त सामाग्री आवश्यक अनुसन्धानको लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटार ललितपुर पठाईएकोमा उक्त प्रयोगशालाले समेत सो कस्तुरीमृगको विना प्रमाणीत गरेको हो ।


बरामद चाँदी मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ भने पक्राउ परेका घिमिरेको साथमा फेला परेको कस्तुरीमृगको विना र उनले प्रयोग गरेको उक्त मोटरसाईकल आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय झापामा
बुझाईएको थियो ।

प्रतिक्रिया