कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश

सप्तरी । जनता समाजवादी पार्टी, नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जनमत पार्टी परित्याग गरी प्रभावशाली नेताहरुको नेतृत्वमा सयौं नेता कार्यकर्ताहरुको टीम सामूहिक रुपमा प्रवेश गरेको छ ।
जसपा नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र ३, का उम्मेदबार उपेन्द्र यादवले नवप्रवेशी नेतृत्वलाई खादामाला लगाएर पार्टीका स्वागत गरेका छन् ।
सप्तरी क्षेत्र नंं ३ को राजगढ, डाक्नेश्वरी र विष्णुपुर गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी बद्री यादव, कुञ्जीलाल यादव, दिनेश यादव, बब्लु यादवलगायत सयौं स्थानीय नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।
राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित एमालेका प्रभावशाली नेताहरु मजिद मिया कैलास र नइम मन्सुरीको नेतृत्वमा पनि सयौंको संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालका अध्यक्ष यादवको हातबाट खादाटिका लगाएर प्रवेश गरेका छन् । राजगढ गाउँपालिका वडा नम्बर १ मा एमालेका कामेश्वर यादवको नेतृत्वमा सामूहिक रुपमा जसपा नेपालमा प्रवेश गरे । बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ का दिनेश झा, सुरेश झा, छोटेलाल खंगसहितका नेताहरुले जसपा नेपालको सदस्यता लिएका छन् ।
कांग्रेसका रामरतन राय, सञ्जय राय, जनमत पार्टीका रामसुन्दर रायसहितका नेताहरुले जसपा नेपालको नीति सिद्यान्तलाई रोजेर पार्टी प्रवेश गरेका छन् । अध्यक्ष यादवले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै चुनावी अभियानमा होमिन आग्रह गरेका छन् ।
त्यसैगरी, जनमत पार्टी परित्याग गरी सरोजकुमार यादव, सुनिल कुमार शर्मा, कमल शर्मा, बिरेन्द्र शर्मा, बलराम सुतिहार, शत्रुधन सुतिहार, कृष्णा यादव, सुरेन्द्र कुमार यादव सहितका कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरे । डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ४ कुशहामा नेकपा माओवादी परित्याग गरी केन्द्रीय सदस्य अच्छेलाल साह, स्थानीय नेता बच्चेलाल साहको नेतृत्वमा कार्यकर्ताहरु समेत जसपा नेपालमा प्रवेश गरेका छन् ।
सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदबार एवं जसपा नेपालका अध्यक्ष यादव चुनावी अभियानमा सक्रिय भएपछि जसपा नेपालको बढ्दो जनलहरसँगै पार्टी प्रवेश अघियानले झन् तीब्रता पाएको छ । प्रतिनिधिसभा सदस्यमा सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका उनलाई स्वागतसँगै विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गर्ने लहर चलेको हो ।
अध्यक्ष यादवसँगै चुनावी अभियानमा सक्रिय रहेका पार्टी केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार अध्यक्ष यादव पुग्ने हरेक गाउँटोल र आफ्नै घरदैलोमा प्रत्यक्ष भेट्ने अवसर पाएपछि सर्वसाधारण जनता उत्साहित भई पार्टी प्रवेश गर्ने क्रम तीब्र बनेको छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया