काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार काठमाडौँको सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा भएको उक्त दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा.प्र ०२–०६१ प ७२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–४ गुहेश्वरी बस्ने धादिङ घर भएका १८ वर्षीय राहुल श्रेष्ठको आज मृत्यु भएको छ ।
गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । त्यसैगरी काठमाडौँ महानगरपालिका–४ सुकेधारा चोकस्थित सडकमा प्र.२–०३–००१ ख ७०३४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौँ काभ्रेस्थली बस्ने सङ्खुवासभा घर भएका २३ वर्षीय मिलन योञ्जनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । यसैगरी काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ गोकर्ण जनसाहरा चोकस्थित सडकमा बा.७३ प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौँ टोखा बस्ने नुवाकोट घर भएका २६ वर्षीय रामबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
















जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया