जापानमा चिनियाँ भिसा सेवा पुनः सुरु

चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः शुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः शुरु भएको जनाएको हो । बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी गरेपछि चीनले पनि जापानमा भिसा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
जापान भ्रमण गर्न चाहने चिनियाँ नागरिकलाई टोकियोले कोरोना परीक्षण नकारात्मक भएको प्रमाणबिना प्रवेशाज्ञा जारी नगर्ने नीति अख्तियार गरेपछि बेइजिङले पनि जापानी नागरिकलाई भिसा नदिने प्रतिशोधात्मक कदम चालेको थियो ।
आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानको आलोचना गर्दै चीनले पनि गत पुस २६ गतेदेखि जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गरेको थियो । बेइजिङको उक्त कदमको आलोचना गर्दै त्यसलाई फिर्ता लिन माग गरेको थियो । साथै चीनले दक्षिणकोरियाली नागरिकलाई भिसा नदिने सूचना जारी गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्याङ्क नदिएको आरोप बेइजिङमाथि लगाएको थियो भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्ना भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेका थिए । महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी सबै प्रतिबन्धात्मक कदम हटाएपछि विश्वसमुदाय सशङ्कित भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए । केही साताअघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख शहरमा विरोध प्रदर्शन भएका थिए । कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया