बुधबार, वैशाख २३, २०८३

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड काठमाडौंमा, भोलि राजनीतिक भेटघाट गर्ने

मेरोन्यूज २०७९ माघ १५ गते १९:००

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् । दुई दिने भ्रमणका लागि नेपाल आएकी उनले भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेता भेट्ने कार्यक्रम छ । प्रचण्ड प्रधानमन्त्री भएपछि कुनै पनि उच्च तहको विदेशी नेतृत्वको यो पहिलो भ्रमण हो ।नुल्यान्डले भोलि सोमबार नै एमाले अध्यक्ष केपी ओली र विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट्नेछिन् । उनले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

Advertisement
NiccNicc

३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेश मन्त्री नुल्यान्डले राष्ट्रपति बाइडेन, ओबामा र बुस नेतृत्वका सरकारहरूअन्तर्गत थुप्रै उच्च पदहरू सम्हालेकी छन्।

‘नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनुहुनेछ। साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नुहुनेछ। यस्ता सांस्कृतिक सम्पदालाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लाग्दै आएको छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ।

प्रतिक्रिया