भूकम्प आउने हल्ला फैलिएपछि कर्णालीवासी रातभर बाहिर
मेरोन्यूज
२०७९ माघ १६ गते १३:१८

मुगु । कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा बाहिर बसेका छन्।
भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका थिए ।
मुगु सदरमुकाम गमगढीवासी र आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा, कार्कीबाडा थार्प, घट्टलेख, सोरु गाउँपालिका लगायत छायाँनाथ रारा नगरपालिकावासी भूकम्प आउने हल्लाले रातभर घर बाहिर जाग्राम बसेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मुगुले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गरेको डिएसपी सुवास हमालले बताए ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया