नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि आपत्ति

काठमाडौं। निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा चलचित्र महापुरुषलाई समावेश गरिएको भन्दै आपत्ति जनाएको छ ।
महापुरुष निर्माण गरेको षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।
‘चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्वसामु पुर्याउने नाराका साथ दुबईमा गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म महापुरुष हामीसँग अनुमति नलिकन उक्त कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ,’ षट्कोण आर्ट्सले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ ।
विश्व बजारमा नेपाली चलचित्रलाई पुर्याउने बोर्डको कार्य स्वागतयोग्य रहेको बताउँदै आर्ट्सले प्रश्न गरेको छ, ‘हाम्रो नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउने विकास बोर्डको चाहना स्वागत छ । तर, यी र यस्ता नेपालीहरु माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला रु’
नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा आर्थिक सहयोग गरे केही राहत हुने भन्दै आर्टस्ले नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश नगर्न आग्रह गरेको छ ।
‘३० लाख रुपैयाँले मध्यपूर्वमा व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला । साथै विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला रु यी र यस्तै प्रश्न र सुझावसहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछौँ,’ आर्टस्ले भनेको छ ।

















पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया