बिहीबार, वैशाख २४, २०८३

नयाँ नागरिकता लिएपछि अध्यक्ष बन्दा रविले मिचे रास्वपाको विधान (विधानको व्यवस्थासहित)

मेरोन्यूज २०७९ माघ १७ गते ७:१६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको पुनः सभापति बन्दा रवि लामिछानेले पार्टीको विधान मिचेका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले रविलाई सांसद पदको उम्मेदवार बन्न अयोग्य ठहरसहित गत शुक्रबार फैसला सुनायो ।

Advertisement
NiccNicc

यही फैसलाका कारण रविले उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति पद गुमाएका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रहेका रवि साधारण सदस्य पनि रहेनन् ।

तर, अमेरिकी नागरिकता त्यागिसकेकाले रविले गत आइतबार १५ माघमा काठमाडौं प्रशासनबाट नेपाली नागरिकता लिए ।
नागरिकता लिएपछि साधारण सदस्य हुँदै पार्टी केन्द्रीय सदस्य र पुनः सभापति हुँदा पार्टी विधान उल्लंघन गरेका हुन् ।


पार्टी विधानको धारा ४० को ‘समितिका सदस्य वा पदाधिकारको योग्यता’ शीर्षकमा लेखिएको छ, ‘पार्टीको कुनै पनि तहको सदस्य वा पदाधिकारी बन्न पार्टी सदस्य भएको मितिले कम्तिमा एक वर्ष पूरा गरेको हुननुपर्छ’ भन्ने वाक्यांश लेखिएको छ । त्यो वाक्यांसलाई आधार मान्ने हो भने साधारण सदस्य लिएको एक वर्षपछि मात्रै पार्टीको कुनै पनि तहको सदस्य वा पदाधिकारी बन्न पाइन्छ ।

तर, रवि भने साधारण सदस्य लिएको केही घण्टामै पार्टीको केन्द्रीय सभापति बनेका छन् ।

शुक्रबार सर्वोच्चको फैसलाअनुसार पार्टी सदस्यता समेत गुमाएका रविले आइतबार प्रशासन कार्यालयबाट पुनm नागरिकता लिएपछि साधरण सदस्य बने । त्यसको केही घण्टामा पार्टीको केन्द्रीस्य सदस्य हुँदै केन्दीय अध्यक्ष नै बने । साधारण सदस्यता लिएपछि आमन्त्रित सदस्यको हैसियतमा पार्टी बैठकमा बसेका रवि सभापति बनेर उठे ।

नागरिकता लिनेदेखि गुमेको सभापति फिर्ता पाउनेसम्मको यो द्रुत प्रक्रियामा रवि पार्टी विधानभन्दा माथि देखिएका हुन् ।
बैठकमा यसबारे कुरा उठे पनि रविको हकमा संक्रमणकालिन अवस्था भनेर टार्ने काम भएको पार्टीका नेताहरू बताउँछन् । बैठकमा सदस्यहरूले प्रश्न गरेका थिए, ‘पार्टी सदस्यता लिएको केहीबेरमै सभापति बनाउन मिल्छ ?’

तर, कार्यवाहक सभापतिको हैसियतमा सभापतिको गरेका डिपी अर्यालले सदस्यहरूलाई जवाफ दिए, ‘संक्रमणकालीन व्यवस्था हो मिल्छ ।’
हेरौं विधानको धारा ४० :

प्रतिक्रिया