माइकलको बायोपिकमा माइकल ज्याक्सन बन्दै उनका भतिजा जाफर

आफ्नो गीतले विश्वलाई नचाउने प्रख्यात पप गायक माइकल ज्याक्सनलाई कुनै पनि परिचयको आवश्यकता छैन । नृत्य र गायनमा अब्बल ज्याक्सनलाई उनको गुणका कारण विश्वले सम्झन्छन् । अहिले यिनै ‘किङ अफ पप’को बायोपिक ‘माइकल’ बनाउने तयारी भइरहेको छ ।
फिल्ममा उनका २६ वर्षे भतिजा जाफर ज्याक्सनले काका माइकलको भूमिकामा अभिनय गर्नेछन् । एन्टोनी फुक्वाको निर्देशन रहने फिल्मका लागि लायन्स गेटले सोमबार कास्टिङ फाइनल गरेको छ । फिल्मको निर्माण ग्राहम किङले गर्नेछन् ।
‘मैले दुई वर्षअघि जाफरलाई भेटेको थिएँ । उनले जसरी माइकलको व्यक्तित्वलाई व्यवस्थित रुपले बताए, त्यही समयदेखि म उनीबाट प्रभावित थिएँ । यो यति शक्तिशाली थियो कि विश्वभर खोजी गर्दा पनि यो प्रष्ट थियो कि यो भूमिका निभाउने व्यक्ति उनी एकमात्र हुनसक्छन्’, ग्राहमले भनेका छन् ।
इन्स्टाग्राममा कास्टको घोषणा गर्दै जाफरको एक श्यामश्वेत तस्बिर पनि साझा गरिएको छ, जसमा उनी आफ्नो भूमिकाका लागि पूर्ण रुपमा डुबेको देख्न सकिन्छ ।
जाफरले पनि आफ्नो ट्वीटर हेण्डलमा काकाको भूमिका निभाउने अवसर दिएकोमा आभार व्यक्त गरेका छन् । ‘म मेरो काका माइकलको जीवनको कथालाई पर्दामा ल्याउनका लागि विनम्र र सम्मानित महशुस गरिरहेको छु । म तपाईंहरुसँग चाँडै भेट्नेछु’, उनले ट्वीटेका छन् ।
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया