स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
मेरोन्यूज
२०७९ माघ १८ गते १२:४२

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने बताएको हो ।
बैंकले ५ वर्ष अवधि तथा वार्षिक १० दशमलव ३० प्रतिशत व्याजदर भएको ‘१० दशमलव ३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो । प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गर्न लागेको हो ।
त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपूँजी रकम सर्वसाधारणको लागि निष्काशन गरिने बैंकले जनाएको छ ।
उक्त ऋणपत्रमा छिटोमा फागुन १ गतेसम्म आवेदन दिन सकिनेछ ।
सम्बन्धित
















ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया