भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आयो
मेरोन्यूज
२०७९ माघ १८ गते १४:३१

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो।
नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको छ।
त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ। तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ।
प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ।
अब निगमको १५ दिनको घाटा ५५ करोड घाटा हुने निगमको भनाइ छ। हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको सम्झौता छ।
सम्बन्धित
















लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया