विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

चीनका राष्ट्रपति सी जिनपिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड दिएका हुन् ।
सिपिसी राजनीतिक ब्यूरोको बैठकमा महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनालाई तीव्र गतिमा अघि बढाउँदै दोस्रो शताव्दीको लक्ष्य हासिल गर्न र विकासका साथै सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए । उनले भविष्यको विकासको प्रयासलाई रणनीतिक योजना बनाएर कार्यसम्पादन गर्न सुझाए।
चीनको आर्थिक विकासका निम्ति विकासको नयाँ ढाँचा अपरिहार्य भएको उल्लेख गर्दै महासचिव सीले चिनियाँ राष्ट्रको महान् पुनरुत्थानको प्रक्रियालाई निर्वाध अघि बढाउन तथा आधुनिक समाजवादी देशका रूपमा चीनलाई चिनाउने लक्ष्य हासिल गर्नु विकासको नयाँ ढाँचाको उद्देश्य भएको स्पष्ट गरे ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया