पर्यटन प्रवर्द्धन गर्न माघ २४ र २५ गते पसगाउँ महोत्सव
लमजुङ। लमजुङको क्व्होलासोंथार गाउँपालिका ६, पसगाउँमा माघ २४ र २५ गते १३ औं महोत्सव हुने भएको छ ।
गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवर्द्धन गर्दै निम्नस्तर आय भएका जनताको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष बलराम गुरुङले बताए । उनका अनुसार वि.सं. २०६० साल वैशाख १६ र १७ गते प्रथम पसगाउँ महोत्सव आयोजना गरिएको थियो ।
ग्रामीण पर्यटनको विस्तार गर्ने, लोक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्ने, स्थानीय हस्तकला प्रर्दशनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।
हाल २१ घरमा होमस्टे संचालनमा रहेको गाउँमा भूपू सैनिकहरुको अगुवाइमा क्व्होम्रेडाँडामा पिकनिक स्पटको निर्माण गरिएको छ । खानेपानी तथा विजुली बत्तीको पनि व्यवस्था रहेको उनले बताए ।
कृष्णचरित्र नृत्य, झयाउरे नाच, सारंगी नृत्य, घाँटु जस्ता लोपोन्मुख नृत्यहरुको लागि पसगाउँ परिचित छ ।
















लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया