आइतबार, चैत २९, २०८२

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री

मेरोन्यूज २०७९ माघ १९ गते १२:२७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । बिहीबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईहरूले खेलेको भूमिका प्रशंसनीय छ।’

प्रधानमन्त्री प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ललितकला स्थापना गर्ने जग बसालेको बताए । ‘म पहिलोपटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको थिएँ। अहिले स्थापनाको १२ वर्ष पुगेको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई निकै खुसी र गर्वको महसुस भएको छ। अझ चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा निकै खुसी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछु ।’


सो अवसरमा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टाहरू सम्मानित गर्नुका साथै ललितकला सम्बन्धि सिर्जनाहरूको अवलोकन गरेका थिए ।

प्रतिक्रिया