पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसः कपुरलाई स्वर्ण

काठमाडौं । एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीवार भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । टिम सम्झनाका प्रकाश धाक्वा र गण्डकी प्रदेशका राजन सुब्बा तेस्रो भए ।
ललितपुर जिल्ला टेबल टेनिससंघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत विभिन्न ७ स्पर्धा समावेश प्रतियोगितामा ४ स्वर्णको छिनोफानो भइसकेको छ । यसअघि टिम इभेन्टको पुरुषमा भारतको ग्लोवल टेबलटेनिस एकेडेमी र महिलामा नेपाल प्रहरी क्लव तथा भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लवकी इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेका थिए । पुरुष/महिला सिंगल्स र भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुन बाँकी छ ।
माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बेलायत, फ्रान्स र पोर्चुगलबाट गरी २ सय ५६ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितमा पुरुष/महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा प्रतिष्पर्धा भइरहेको छ ।
प्रतियोगिताको एकल र टिममा शिर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०-१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दश हजार तथा तेस्रोलाई पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ ।
















पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया