ज्योति विकास बैंकले बाेलायाे साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । ज्योति विकास बैंकले फागुन १४ गते साधारण सभा बोलाएको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले काठमाडौँको त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहान ११ बजे सभा गर्ने जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनश शेयर र ३ दमलव ८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंक लि. को २०७९ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।
त्यस्तै, बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभाले बोनश शेयर जारी पश्चात कायम हुन आउने भिन्न अंकलाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने, यस विकास बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत गाभ्ने वा प्राप्ति सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा विकास बैंकको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायहरुबाट संशोधन, परिवर्तन वा थप घट गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप र घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
















ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया