ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने
मेरोन्यूज
२०७९ माघ २० गते ११:१५

काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ वर्ष अवधिका लागि ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।
५ वर्ष अवधिको ११.२५५ ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्न लागेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरमा ५० लाख कित्ता ऋणपत्र माघ २९ गतेदेखि जारी गर्न लागेको हो । जसमा ३० लाख कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ भने १ लाख इकाई सामुहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको १९ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने छ ।
आवेदनकर्ताले फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
सम्बन्धित
















ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया