मंगलबार, चैत १०, २०८२

एनआइसी एशिया बैंकले ल्यायो ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०७९ माघ २० गते १५:०३

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ७५ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य ७०६ रुपैयाँ तोकेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न चाहाने ईच्छुक ब्यक्ति तथा संघसंस्थाले माघ २७ गतेभित्र बैंकको केन्द्रीय कार्यालय तथा बिक्री प्रबन्धकको कार्यालय एनआइसी एशिया क्यापिटल लिमिटेड बबरमल, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया