छोरीको सल्लाहमा फिल्ममा काम गर्छन् अमिताभ

बलिउडका महानायक अमिताभ बच्चन आफ्नो परिवारलाई बढी मान सम्मान दिन्छन् । उनी प्राय आफ्नो श्रीमति, छोरी र बुहारीका बारेमा सामाजिक सञ्जालमा लेख्छन् र कुरा गर्छन् । अमिताभ उनकी छोरी श्वेतासँग बढी नजिक छन् । उनी श्वेतासँग व्यक्तिगतमात्र होइन, व्यावसायिक जीवनका हरेक कुरा सल्लाह गर्छन् ।
अमिताभ सन् २०१८ मा आफ्नो छोरीको पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी थिए । उनले त्यहाँ कुनै पनि फिल्ममा जोडिनुअघि छोरीसँग सल्लाह लिने गरेको खुलासा गरेका थिए । अमिताभ छोरीले जे भन्छिन्, त्यसलाई सत्य मान्छन् । अमिताभको बुझाईमा श्वेताको निरीक्षण शक्ति ठूलो छ । यतीमात्र होइन, घरका जोकोही परिवारका सदस्य उनको कुरा काट्दैनन् ।
अमिताभकी छोरी श्वेताको घर होस् या व्यापार या कुनै पनि व्यावसायिक विषयमा आफ्नो राय राख्छिन् । अमिताभका अनुसार उनकी छोरी एक कुशल कलाकार पनि हुन् । विशेषत उनमा मिमिक्रीको कला छ । अमिताभ आफ्नी छोरीले कुनै पनि फिल्म हिट वा फ्लप हुने घोषणा गर्दा त्यो पुग्ने दाबी गर्छन् ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रतिक्रिया