पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको ७९ वर्षको उमेरमा निधन भएको छ। मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको पाकिस्तानी टेलिभिजन जियो न्युजले जनाएको छ ।
सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति रहेका मुसर्रफ लामो समयदेखि बिरामी थिए।
मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता हातमा लिएर २००१ को जुनमा सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गरेका थिए। सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै पाँच वर्षको लागि पाकिस्तानको राष्ट्रपति बने।
२००७ को अक्टोबर–नोभेम्वरमा मुशर्रफले पुनः राष्ट्रपतिको चुनाव जिते । तर उनले गराएको चुनावलाई सर्वोच्चले चुनौति दियो। यस पछि उनले देशमा संकटकाल लागु गर्दै मूख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरे। जसले उनको चुनावलाई वैधानिकता दिए।
२००८ अगष्टमा मुशर्रफले राष्ट्रपति पदबाट राजीनामा दिए। राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया