बुधबार, वैशाख २३, २०८३

जबरजस्ती चुम्बन गर्न खाेज्दा युवतीले काटेर अलग गरिन् ओठ

मेरोन्यूज २०७९ माघ २३ गते १३:५०

भारतकाे उत्तर प्रदेशको मेरठमा एक व्यक्तिले बलात्कार गर्न खाेज्दा उनलाइ भारी परेको छ । एक युवतीले बलात्कार गर्न खोज्ने ती व्यक्तिको ओठ नै काटेकी छिन् । अहिले घाइते युवकलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ । यससँगै पीडितको उजुरीमा मुद्दा दर्ता गरिएको छ । 

Advertisement
NiccNicc

जिल्लाको दौराला थाना क्षेत्रस्थित अजोन्टाको जङ्गलमा शनिबार दिउँसो खेतमा काम गर्दै आएकी युवतीलाई एक्लै देखेर त्यहाँबाट हिँडेका युवकले अश्लिल क्रियाकलाप गर्न थाले । युवकले युवतीलाई जबरजस्ती चुम्बन गर्न खोजे, तर साहसी युवतीले आफ्नो दाँतले युवकको ओठ काटेर अभियुक्तको सामना गरेकी छन् ।  

ओठ काट्दा युवक पीडाले कराउन थाल्यो । अर्कोतिर युवती पनि चिच्याएर वरपरका मानिसहरु आए । मानिसहरूले आरोपी युवकलाई पक्रेर प्रहरीलाई खबर गरेका थिए।

खबर पाएपछि प्रहरीले घटनास्थलमा पुगेर अभियुक्तलाई नियन्त्रणमा लिएको छ । उनको ओठको टुक्रा पनि त्यहीँ थियो । प्रहरीले यसलाई प्याकेटमा बन्द गरी अभियुक्तलाई नजिकैको अस्पतालमा पठाएको छ जहाँ उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया