१० देशका कलाकार बागलुङ आउँदै

बेनी । बागलुङमा आगामी फागुन २ गते महाशिवरात्रीका दिन अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङले विदेशी कलाकार ल्याउने भएको छ । महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नका लागि १० देशबाट २५ भन्दाबढी विदेशी कलाकार बागलुङ आउन थालेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङका प्रमुख अच्युत दास ९प्रदीप भण्डारी०ले जानकारी दिए ।
कलाकारसँगै रसियन आर्मी अफिसर प्रोफेसर डाक्टर इगोर ओभलोङकोभ पनि आउनेछन् । उनले महाशिवरात्री नेपाली हिन्दूहरुको ठूलो पर्वका रुपमा रहेको भन्दै यसको महत्व, मौलिकतालाई जोगाउन र विदेशमा पनि बढी प्रचार गर्न विदेशी कलाकारलाई बागलुङ ल्याउन लागेको बताए ।
कला, संस्कृति तथा धार्मिक परम्परालाई संरक्षण गरी प्रवद्र्धन गर्न सङ्घले धार्मिक कार्यक्रम गर्दै आएको उनको भनाइ छ । “महाशिवरात्रीले ठूलो महत्व बोकेको छ, हाम्रा धर्म, संस्कृति र परम्परा संरक्षणको अभावमा छन्, यिनीहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके नेपालमा लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छन्, सोही उद्देश्यले हामीले शिवरात्रीमा सानो कार्यक्रम गरेर प्रवद्र्धनमा टेवा पु¥याउने कोशिस गरेका छौँ”, उनले भने । सोही दिन स्थानीय कलाकारले पनि धार्मिक सांस्कृतिक नृत्य तथा अन्य अभिनय प्रदर्शन गर्ने छन् ।
















सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया