आइतबार, चैत २९, २०८२

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन

मेरोन्यूज २०८२ चैत २९ गते १०:१८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भ्रमणको निम्तो दिएपछि सरकारले आन्तरिक तयारी थालेको छ। यद्यपि नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन।

Advertisement
nepal life insurencenepal life insurence

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका छन् र प्रधानमन्त्री बालेनले त्यो स्वीकार गरेका हुन्।

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअनसँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हुन्। यद्यपि भ्रमणको मिति तोक्न भने बाँकी रहेको उनको भनाइ छ।

परराष्ट्रमन्त्री खनालले मौरिससमै गत शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया