आन्दोलन फिर्ता लिएर काममा फर्किन स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई बिरामीको स्वास्थ्य उपचार सेवामा फर्किन आग्रह गरेको छ।
राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ।
घटनामा मंलग्न प्रहरीलाई निलम्बन गरिएको, समस्या समाधानका लागि वार्ता समिति गठन गरिने र संघले उठाएका विषयलाई सम्बादमार्फत समाधान गर्न प्रयत्न नगरिने भन्दै मन्त्रालयले आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्कन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् । ‘घटनालगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको तथा उक्त घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्न प्रयास भइरहेको छ,’ सहप्रवक्ता डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य उपचारमा फर्किन पनि मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
आन्दोलनका कारण देशैभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प छन् । सेवा ठप्प हुँदा विरामीहरूले दुःख पाएका छन् ।

















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया