उपचार माग्दै बिरामी र आफन्तद्वारा वीर अस्पताल अगाडि प्रदर्शन
मेरोन्यूज
२०७९ माघ २९ गते १०:५७

काठमाडौं । चिकित्सकहरूको आन्दोलनका कारण मर्कामा परेको भन्दै बिरामी र उनीहरूका आफन्तले विर अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।
चिकित्सक र स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् ।
टाढा टाढाबाट उपचारका लागि आएका बिरामीहरूले सेवा नपाउँदा आक्रोशित बनेर अहिले वीर अस्पताल बाहिर स्वास्थ्य सेवा माग्दै नाराबाजी गरेका हुन् ।
राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो । स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ ।
यो पनि
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया