उपचार माग्दै बिरामी र आफन्तद्वारा वीर अस्पताल अगाडि प्रदर्शन
मेरोन्यूज
२०७९ माघ २९ गते १०:५७

काठमाडौं । चिकित्सकहरूको आन्दोलनका कारण मर्कामा परेको भन्दै बिरामी र उनीहरूका आफन्तले विर अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।
चिकित्सक र स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् ।
टाढा टाढाबाट उपचारका लागि आएका बिरामीहरूले सेवा नपाउँदा आक्रोशित बनेर अहिले वीर अस्पताल बाहिर स्वास्थ्य सेवा माग्दै नाराबाजी गरेका हुन् ।
राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो । स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ ।
यो पनि
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया