राजश्व संकलन २०२४-२५ सालपछिकै नकारात्मक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक नकारात्मक रहेको बताएका छन् ।
आईतवार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजश्व संकलनको वास्तविकतालाई सरकारले स्वीकार गर्नुपर्ने बताए ।
अर्थमन्त्री पौडेलले स्रोत परिचालन र खर्च व्यवस्थापनको सरकार अत्यन्तै ठूलो दबाबमा रहेको बताए ।
उनले राजश्व संकलनमा २०७९ पुस सम्मको लक्ष्य ६ खर्ब ५१ अर्ब ६२ करोड रहेकोमा लक्ष्यको तुलनामा २४.८ प्रतिशतले कम अर्थात ४ खर्ब ९० अर्ब ४ करोड मात्रै संकलन भएको बताए ।
मन्त्री पौडेलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समिक्षा अवधिमा राजश्व संकलन १५ प्रतिशतले घटेको पनि उल्लेख गरे ।
‘स्रोत परिचालन र खर्च व्यवस्थापनको दृष्टिकोणले सरकार अत्यन्तै ठूलो चापमा छौं । राजश्व संकलनमा २०७९ पुस सम्मको लक्ष्य ६ खर्ब ५१ अर्ब ६२ करोड रहेकोमा लक्ष्यको तुलनामा २४.८ प्रतिशतले कम अर्थात ४ खर्ब ९० अर्ब ४ करोड मात्रै संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समिक्षा अवधिमा राजश्व संकलन १५ प्रतिशतले घटेको छ‘ अर्थमन्त्रीले भने,‘ राजश्व संकलनको यस्तो प्रकारको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक हुन पुगेको छ । यो वास्तविकतालाई स्वीकार गर्नुपरेको छ । राजश्व परिचालनमा धेरै पछाडि परेकोले राजश्व परिचालनमा ठूलो दबाबमा छौं ।’
उनले राजश्व परिचालनमा धेरै पछाडि परेकोले राजश्व परिचालनमा ठूलो दबाबमा सरकार रहेको बताए ।
















एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया