चाज्र्डसँग गेट चाज्र्ड

काठमाडौँ । नेपालको एक अग्रणी पेय पदार्थ कम्पनी कोका–कोला नेपालले चाज्र्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । आज सोमबार एलओडिमा (लर्ड अफ द ड्रिंक्स) कम्पनीका प्रतिनिधिहरु, संचारकर्मीहरु र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा यस नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरिएको हो ।
यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजीजिङ प्रदान गर्दछ । चाज्र्डको लन्चसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद थपिएको छ–बेरी बोल्ट ।
आफ्ना उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चाज्र्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “नेपाली युवाहरुका आफ्नै महत्वाकांक्षाहरु छन् र उनीहरुलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देश सहित हामीले यो नयाँँ पेय पदार्थ चाज्र्ड बजारमा ल्याएका छौँ । यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।”
त्यस्तै बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले भने, “आफ्नाउपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चाज्र्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।”
चाज्र्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटिटि लगायत अन्य डिजिटल माध्यमहरुमा पनि टिभिसि देखाउनुको साथै विभिन्न कलेजहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् । युवाहरुलाई सकृय रहन र आफ्नो उद्धेश्य प्राप्ति गर्नको लागि हरदम सकृय रहनुपर्छ भन्ने सन्देश बोकेको यस कमर्सियलमा बिएमएक्स बाइक स्टन्ट र ग्राफिटिहरु पनि देखाइएको छ ।
चाज्र्ड नेपालभरका किराना पसल लगायत डिपार्ट्मेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ ।

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया