डिआइजीपी सिंहविरुद्ध अख्तियारमा उजुरी (उजुरीसहित)

काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजीपी)अशोक सिंहले हुँदै नभएको योग्यता पेस गरेर जागिर खाइरहेको भन्दै छानबिनन् गरि हदैसम्मको कारबाही गर्न माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
काठमाडौँ बागबजारका विश्वप्रकाश भेट्वालले अहिले नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रमुख रहेका सिंहविरुद्ध उजुरीमा नागरिकतामा उमेर सच्याएर जागिर खाइरहेको जिकिर पनि पेस गरेका छन् ।
बोधार्थ मुख्य सचिव शंकरदास बैरागी, गृह मन्त्रालय र प्रहरी महानिरीक्षक रविन्द्रप्रताप सिंहलाई समेत दिइएको उजुरीमा २०५१/१२/०५ प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका हाल सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा प्रहरी नायब महानिरीक्षक रहेका सिंहले नेपाली नागरिकताको प्रमाणपत्रमा वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागिर खाइरहेको दाबी गरिएको छ ।
उजुरीमा उनले पेस गरेको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यता नक्कली रहेको भारतको लखनउमा कलेज पढ्दै नपढी ल्याएको उल्लेख छ ।
उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुधबार सी–०४१७१७ मा दर्ता भएको छ ।
यस्तो छ सिंहविरुद्धको उजुरी



















मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया