गोंगबुमा प्रदर्शनका क्रममा प्रहरी विट र गाडी जलाउने ६ जना पक्राउ

काठमाडौं । माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जना पक्राउ परेका छन् । सोमबार माछापोखरीमा यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीको दुईवटा भ्यान आगजनी गर्ने ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा उदयपुर बलमता गाउँपालिका- २ घर भई हाल काठमाडौंको मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोटका घर भई हाल बानियाटार बस्ने ३० वर्षीय रामहरी भण्डारी, लमजुङ घर भई माछापोखरी बस्ने २३ वर्षिय विवेक श्रेष्ठ, काभ्रेपलान्चोकका ३१ वर्षिय राजेश तामाङ, २० वर्षीय आशिष खड्का र प्युठान घर भई गोंगबु बस्ने १८ वर्षिय दिपेन्द्र पुन मगर रहेका छन् ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
साथै, सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९/१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।
















मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया