कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्य लाभको कामना

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बुधबार राति खाना पकाउने क्रममा ग्यास लिक भई गम्भीर घाइते भएका नेता भण्डारीको स्वास्थ्य लाभको कामना गरेको हो ।
यस्तै, उक्त घटनामा परी गम्भीर घाइते भएकी नेता भण्डारीकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
नेता डा. भण्डारीको श्वासनलीमा तातो हावा र धुँवाका कारणले जलन भएको हुन सक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकाले चिकित्सकको सिफारिसबमोजिम थप उपचारका लागि आजै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको कांग्रेसले जनाएको छ ।
लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी माता ८६ वर्षीया हरिकला भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ ।
कांग्रेसले स्व. हरिकलाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
















प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया