प्रधानसेनापतिद्वारा पुरस्कार र प्रशंसा निशान प्रदान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण÷गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका छन् ।
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा उनले चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ गण र कोसी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ गुल्मलाई पुरस्कार प्रदान गरेका हुन् ।
प्रधानसेनापति शर्माले सैनिक ड्रिल प्रतियोगिता, २०७९ मा प्रथम हुने उपत्यका पृतनालाई पनि पुरस्कार प्रदान गरे । उनले त्यस अवसरमा सेनाका बहालवाला रथीवृन्द सात, अधिकृत दुई सय २१, पदिक तथा अन्य दर्जा चार सय ८८ र सैनिक श्रीमती सङ्घका पदाधिकारी ११ जनालाई प्रधान सेनापति प्रशंसा निशानसमेत प्रदान गरे ।
महारथी शर्माले मानार्थ उपसेनानी पदमा पदोन्नति भएका ९४ जनालाई दज्र्यानी चिह्न तथा अवकाश प्राप्त सहायकरथी डा प्रेमसिंह बस्न्यातलाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान प्रदान गरे । सो अवसरमा कृषि, प्राकृतिक प्रकोप उद्धार, समाज सेवा र लघुवित्त क्षेत्रमा उत्कृष्ट उद्यमीलाई सम्मानित गरिएको थियो ।
सेनाले स्थापना दिवसका अवसरमा विभिन्न प्रतियोगिताका विजयी एवं प्रसंशनीय कार्य गर्नेलाई पुरस्कार प्रदान गर्दैआएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउने गरिन्छ ।
















मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया