आइतबार, वैशाख २०, २०८३

स्कटल्याण्डबाट २७५ रनको लक्ष पायो नेपालले

मेरोन्यूज २०७९ फागुन ५ गते १२:३०

काठमाडौं । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेट गुमाएर २७४ रन बनाएको हो ।
स्कटल्याण्डका लागि मिचेल लिस्कले शतकीय योगदान दिए । उनले ८५ बलमा १०७ रन बनाए

Advertisement
NiccNicc

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २ विकेट लिए । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको थियो । नेपालले नामिबियाविरुद्ध खेलेका ललितनारायण राजवंशीलाई बेन्चमा राखेर गुलशन झालाई खेलाएको छ ।

नेपालबाट कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने प्लेइङ ११ मा छन् ।

आफ्ना अन्तिम तीन खेल अगाडि नै स्कटल्याण्ड च्याम्पियन भइसकेको छ । नेपाल भने घरेलु भूमिमा लगातार दोस्रो जित खोजिरहेको छ ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा नामिबियामाथि कीर्तिमानी जित निकालेको थियो।

२५ खेलबाट २० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ। सिधै ओडीआई जोगाउन नेपाललाई बाँकी एघारमध्ये कम्तीमा आठ खेल जित्नै पर्ने हुन्छ।

च्याम्पियन भएर यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भइसकेको स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।

प्रतिक्रिया