बिहीबार, वैशाख २४, २०८३

युट्युबको सीईओमा नील मोहन नियुक्त

मेरोन्यूज २०७९ फागुन ५ गते १७:२०

भारतीय मूलका नील मोहन युट्युबको नयाँ सीईओमा नियुक्त भएका छन् । यसअघि नीलमोहन युट्युबका सीपीओ थिए । उनलाई बढुवा गरी यो जिम्मेवारी दिइएको हो ।

Advertisement
NiccNicc

नील मोहन सन् २००८ देखि गुगलमा काम गर्दै आएका थिए । सन् २०१३ मा कम्पनीले उनलाई ५४४ करोड रुपैयाँ बोनस दिएको थियो ।

उनले पूर्व सीईओ सुसान डियान वोजिकीको स्थान लिएका छन्। सुजनले हालै आफ्नो पदबाट राजीनामा दिएकी हुन्।

५४ वर्षीया वोज्किकीले आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहेकाले पद छाडेको बताइन्। उनी आफ्नो स्वास्थ्य र व्यक्तिगत जीवनमा पनि ध्यान दिन चाहन्छिन् । उनी सन् २०१४ मा युट्युबको सीईओ बनेकी थिइन् ।

प्रतिक्रिया