शनिबार, माघ १७, २०८२

जुनीचाँदेका दुई वडामा तोडफोड

मेरोन्यूज २०७९ फागुन ६ गते १५:३५

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिका भित्रका दुई वडामा अज्ञात समूहले तोडफोड गरेको छ ।

हिजो राति वडा नं ३ र ५ को वडा कार्यालयमा तोडफोड भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।

वडा नं. ३ मा ताला फोडेर ल्यापटप महत्वपूर्ण कागजातहरू चोरी भएका छन् भने वडा नं ५ मा दुई वटा ल्यापटप, प्रिन्टर, नागरिकता सम्बन्धी फाइलहरू चोरी भएको नेपालीले बताए ।

वडा कार्यालयहरुमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान भइरहेको उनले बताए । कसले वडा कार्यालयमा तोडफोड गरेको भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया