गण्डकी र प्रदेश १ का उच्च भागमा हिमपात हुने सम्भावनना
मेरोन्यूज
२०७९ फागुन ७ गते ६:१७

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भू्–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति भने प्रदेश १ को पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका एक दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमान शाखामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।
सम्बन्धित
प्रतिक्रिया